१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए सम्मेलन सुरु

sarusaru
२८ आश्विन २०७६, मंगलवार ०९:३८

काठमाडौं : गैरआवासीय नेपाली (एनआरएनए) हरुको नवौं विश्व सम्मेलन सुरु भएको छ। विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छ्न्।

एनआरएनएको चुनावी रन्को : अध्यक्षमा कुल र कुमार भिड्दै
एनआरएनएलाई सबैले अपनत्व महसुस गर्ने साझा संस्था बनाउँछु : कुल
एनआरएनएको विश्व सम्मेलन आजबाट
उद्‍घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए। उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे।
उनले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताए। एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६/७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ।

सम्मेलन मंगलबारबाट ३० असोजसम्म चल्नेछ। नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ।अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिने भएका छन्। समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।

संघको नयाँ नेतृत्वका लागि ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वदेशी विदेशी गरी करिब २ हजार ५ सयको सहभागिता रहनेछ।
अन्नपूर्ण पोष्ट