१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए नयाँ नेतृत्वको लागि आज निर्वाचन, पन्त र आचार्य बीच भिडन्त

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७६, मंगलवार २३:३९

लण्डन । गैरआवासीय नेपाली संघको आगामि दुई वर्षे कार्यकालको लागि आज (वुधवार) निर्वाचन हुदैंछ । अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य बीच प्रतिस्पर्दा हुने भएको छ ।

यस्तै ४ उपाध्यक्ष पदको लागि डा. बद्री केसी, हिक्मत थापा, सोनाम लामा, धर्मराज अधिकारी, अर्जुन श्रेष्ठ, मन केसी, थर्क सेन, डा. केशव पौडेल, किरण बिक्रम थापा, रविना थापा लगायतले आकांक्षा देखिएका छन् । एक महिला उपाध्यक्षको लागि सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेकी छन् ।

महासचिव पदमा यसअघि चर्चामा आएका डिबी क्षेत्री र डा. केशव पौडेल पछि हटे पछि संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मा र जानकी गुरुङ बीच भिडन्त हुने भएको छ । सचिव पदको लागि गौरी राज जोशी, शिव वरुवाल, आरके शर्मा, दीपक ओली, सुस्मा राई लगायतले उम्मेदवारी दिने भएका छन् ।

कोषाध्यक्षमा जापानस्थित सफल व्यवसायी महेश श्रेष्ठ, युवा संयोजक सुदन थापा र सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सहसंयोजकमा लोकमणि दाहाल र गोविन्द गौतमले उम्मेदवारी दिने तयारी गरेका छन् ।

इलोक्टोनिक्स मतदान हुने सो निर्वाचनमा करिब २६ सय भन्दा बढी मतदाता रहेका छन् ।

यस्तो छ निर्वाचन तालिक