१५ चैत्र २०८०, बिहीबार
Follow Us

करोडको सुन विभागबाटै गायव, कसले पार्यो झ्वाम ?

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७६, बुधबार ०१:४९

गुणस्तर परीक्षण गर्न संकलन गरिएको झण्डै एक करोड रुपैयाँको सुन गायव भएको छ ।

सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन बाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना बिभागबाटै गायब भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

संकलन गरिएका नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।