६ चैत्र २०८०, मंगलवार
Follow Us

अरबमा प्रवासी सवार बस दुर्घटना, ३५ जनाको मृत्यु

sarusaru
३० आश्विन २०७६, बिहीबार ०४:२०

काठमाडौं । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल-अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् ।

घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ ।
अनलाइनखबर