१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन निर्वाचन: ९ सय मतगणनामा ६० मतले पन्तको अग्रता

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७६, शुक्रबार ००:२६

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वुधवार सम्पन्न निर्वाचनको मतगणना जारी छ । शुक्रवार बिहान ५ बजे सम्मको प्राराम्भिक मतगणनामा अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कुल आचार्य भन्दा ६० मतको अग्रता लिएका छन् । महासचिवमा डा. हेमराज शर्मा र जानकी गुरुङ्ग बीच तिब्र प्रतिश्पर्धा देखिएको छ ।
मतगणनामा उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, धर्मराज अधिकारीले अग्रता कायम छ ।

कोषाध्यक्षमा महेश श्रेष्ठले अग्रता लिएका छन् । सचिवमा गौरी जोशीले अग्रता लिएका छन भने शिव बरुवाल र आरके शर्माले पछ्याइरहेका छन् । महिला संयोजकमा भूमा लिम्बुले अग्रता लिएकी छन् ।
यस्तै क्षेत्रीय संयोजक अन्र्तगत अमेरिकमा राजन त्रिपाठी विजयी भए । युरोप क्षेत्रमा सन्तोष भट्टराई र नारायण अचार्य बीच प्रतिश्प्रर्धा देखिएको छ । युरोप क्षेत्रीय उपसंयोजकमा कृष्ण तिमल्सीना, सुरेन्द्र प्रधान, मुक्त गुरुङ्गले अग्रता लिएका छन् । मतगणना जारी छ। निर्वाचन समितिले बिहान ६.३० बजे पछि मतगणनाको अपडेट दिने तयारी गरेको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।