१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार ०८:२१

वासिङटन । अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउने बताउनुभएको छ ।
न्युर्योर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फट अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्ने छन् भन्ने विषयमा सार्वजनिक गरिने बताउनुभएको छ ।

मङ्गलबार डेमोक्रेट पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेपछि निकै व्यस्त बन्नुभएका उहाँले आफूले छिट्टै नयाँ सरकारमा ल्याइने सदस्यबारे महत्वपूर्ण निर्णय लिन लागेको बताउनुभएको हो । ट्रम्पसँग १५ सदस्यीय मन्त्रिपरिषद्को निर्माण गर्न अझै ७० दिन बाँकी छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०१७ को राष्ट्रपतिका रुपमा सपथ लिनु हुनेछ ।

वर्तमान राष्ट्रपति बाराक ओबामाले आफूले शान्तिपूर्ण तथा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने विषय आफ्नो केही प्राथमिकता मध्ये एक भएको भन्दै शान्पिूर्ण सत्ता हस्तान्तरणका लागि आफू आतुर रहने बताउँदै आउनुभएको छ ।