६ चैत्र २०८०, मंगलवार
Follow Us

अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

sarusaru
१ कार्तिक २०७६, शुक्रबार ०३:४०

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा सब–डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का वन अधिकृत पर्शुराम चौधरी र मनोजकुमार शर्मा, भक्तपुर नापी कार्यालयका नापी सर्वेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी छन् ।

वन अधिकृत चौधरी र वन कार्यालय रहेको घरका मालिक शर्माले डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको ट्याक्टरको मुद्दा मिलाइदिने क्रममा सेवाग्राहीसँग ६५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
नापी कार्यालय भक्तपुरका नापी सर्वेक्षक जोशीद्वयले फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चका नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घूस लिएको आयोगको आरोप छ । मुद्दा दायरसँगै सबै जना सेवाबाट निलम्बित भएका छन् । अख्तियारले चारै अभियुक्तलाई कैद सजाय र बिगो बराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
कान्तिपुर