८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएमा पन्तको उदय, महासचिवमा डा. शर्मा विजयी

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७६, शुक्रबार १०:११

काठमाडौँ । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले अध्यक्षसहित सम्पूर्ण उम्मेद्वारहरुले प्राप्त गरेको मत सार्बजनिक गरेको छ । जसमा एनआरएनएको अध्यक्षमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाए।

एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन भने महिला उपाध्यक्षमा रबिना थापा विजयी भएकी छिन् ।

जसमा उपाध्यक्षका उम्मेद्वारहरु अर्जुन कुमार श्रेष्ठ १०२६, डा. बद्री केसी ११६३, धर्मराज अधिकारी ७५५, हिक्मत बहादुर थापा ४१४, डा. केशब पौडेल ८७०, किरण विक्रम थापा ४२३, मन केसी, ९६१, नरेन्द्र बहादुर भाट ७५९, सोनाम लामा ८९८ मत ल्याएका छन् भने महिला उपाध्यक्षमा रविना थापा १२३२ तथा सपिला राजभण्डारीले ८६३ मत पाएका छन् ।

यस्तै महासचिवमा हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोक दाहाल तथा महिला संयोजकमा भोमा लिम्बु विजयी भएका छन् ।

जसमा महासचिवका उम्मेद्वार डा. हेमराज शर्मा ११३९ तथा जानकी गुरुङले १०५३ पाएकी छिन् भने सचिवमा अभिमान सिँह बस्नेत ४९९, विनय अधिकारी २६८, दीपक प्रसाद ओली २७०, गौरी राज जोशी ८६८, शिव कुमार बरुवाल ५७९ तथा सुष्मा लिम्बुले ४४१ मत ल्याएका छन् । जसमध्ये गौरी राज जोशी र आर के शर्मा विजयी भएका छन् ।

पन्त संघको आठौं अध्यक्ष बनेका छन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल तथा भवन भट्टले एक कार्यकाल संघको नेतृत्व गरिसकेका छन्