६ चैत्र २०८०, मंगलवार
Follow Us

नेकपा वरिष्ठ नेता नेपालसँग एनआरएनए पदाधिकारीको भेट

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७६, आईतवार ०४:४९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्यो । आइतबार बिहान अर्याल होटल बानेश्वरमा भएको भेटमा नवनिर्वाचित एनआरएनए पदाधिकारीलाई वरिष्ठ नेता नेपालले बधाइ तथा शुभकामना दिनुभएको थियो ।

भेटघाट कार्यक्रममा एनआरएनए नवनिर्वाचित अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठलगायतका पदाधिकारी हुनुहुन्थ्यो । वरिष्ठ नेता नेपालले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष पन्तले आफूले घोषणापत्रमा सार्वजनिक गरेको प्रतिबद्धता पूरा गर्ने बताएका थिए । उनले संस्थामा पुनसरचना, मातृभूमिका लगानी तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीले मतदान गर्न पाउने व्यवस्था २४ महिनाभित्र पूरा गर्ने बताएका थिए ।