७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार त्रिपाठीको ‘महानिशा’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार १२:२७

काठमाडौं । दरबार हत्याकाण्डमा आधारित भएर तयार पारिएको औपन्यासिक कृति ‘महानिशा’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सिर्जना गर्नुभएको पुस्तकको मिडिया एड्भोकेसी ग्रुपले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजसेवी दिलशोभा श्रेष्ठले विमोचन गर्नुभयो ।

पुस्तक विमोचन समारोहमा लेखक त्रिपाठीेले पत्रकारका हैसियतमा दरबार हत्याकाण्डका विषयमा आफूले थाहा पाएको कुरा जनतालाई जानकारी गराउने उद्देश्यले प्रकाशन गरिएको सुनाउनुभयो ।

“दरबार हत्याकाण्ड घटनामा उपस्थित र घटनाका पीडित भ्रममा छैनन्, हामी भ्रममा छौँ, उपस्थित र घटनाका पीडितले दिएको सूचनाका आधारमा पुस्तक तयार पारिएको हो, यो सूचना सही छ भन्ने मेरो विश्वास छ”– उहाँले भन्नुभयो ।

हत्या काण्डका विषयमा सफाइ दिन, कसैलाई दिग्भ्रमित पार्न र उत्तेजित बनाउने उद्देश्य पुस्तकको नभएको पत्रकार त्रिपाठीले बताउनुभयो ।

पुस्तकको समीक्षा गर्दै प्राडा सुरेन्द्र केसी र विश्लेषक दिनेश सत्याल ‘सौरभ’ ले दरबार हत्या काण्डपछिका राजनीतिक घटनाको हत्या काण्डसँग सम्बन्ध देखिएको विश्लेषण गर्नुभयो ।

पुस्तकको प्रकाशन ब्रदर बुक्स प्रकाशन प्रालिले गरेको हो ।