११ बैशाख २०८१, मंगलवार
Follow Us

पार्टी त्यागेपछि छुटे नेत्र बिक्रम चन्द बिप्लब समूहका सुदर्शन

sarusaru
४ कार्तिक २०७६, सोमबार ०५:१८

बागलुङ – नेत्र बिक्रम चन्द बिप्लब समूहको नेकपाको गलकोट नगरपालिका सचिवमा लागेको कारण पक्राउ परेका सुदर्शन नेपालीले पाटी परित्याग गरेका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पार्टी परित्याग गरेर स्वतन्त्र जीवन बिताउने बताएका छन् । पार्टी परित्याग गरेर स्वतन्त्र रहने प्रतिवद्धता सहितको कागजात गरेपछि प्रहरीले उनलाई रिहाई गरेको छ । १८ दिन अघि उनलाई गलकोटबाटै प्रहरीले पक्राउ गरेको थियो । दरमखोला हाईड्रो पावर कंपनीमा कर्मचारीको रुपमा काम गरेका उनले पुन त्यही काम गर्ने समेत बताए । उनले पार्टी परित्याग गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कानून र राज्यको गतिविधि विरुद्ध लाग्ने कसैलाई नछाड्ने बताए । उनले सुध्रिन चाहनेलाई अवसर समेत दिने बताए । राज्य विरुद्धको क्रियाकलाप बढाएपछि बिप्लब समूहलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ ।
जनमञ्च