१५ बैशाख २०८१, शनिबार
Follow Us

कस्मिर युद्धमा दुई गोर्खा सैनिकको मृत्यु

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७६, सोमबार ०८:४१

काठमाडौं । जम्मु कास्मिरमा पाकिस्तानले गरेको आक्रमणमा एकजना नेपाली र अर्का एक नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ । हिजो आइतबार कुपवारा जिल्लामा भएको युद्धमा गोर्खा रेजिमेन्टका जवान पद्मबहादुर श्रेष्ठ र राईफल म्यान गामिलकुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपालका राइफल म्यान गामिलकुमार पाल्पा निवासी हुन् । यस्तै नेपाली मुलकै जवान पदमबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन्। त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो।

पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतीय पक्षको भनाइ छ । भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन् । आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ।