१३ बैशाख २०८१, बिहीबार
Follow Us

२० वर्षअघि आफ्नै बाबुलाई हत्या गरेर भाग्ने रतनकाजी पक्राउ

sarusaru
५ कार्तिक २०७६, मंगलवार ०४:०२

काठमाडौं– २० वर्षअघि आफ्नै बाबुको हत्या गरेर फरार रहेका रनकाजी भन्ने रनबादुर तामाङ पक्राउ परेका छन् ।
केन्द्य्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई सोमबार काठमाडौंको चोभारबाट पक्राउ गरेको हो ।

२०५७ चैत २९ गते काभ्रेपलाञ्चोकको साबिक स्यामपाटी गाबिस वडा नं ६ स्थित बिमिरे गाँउमा उनले आफ्नै बाबु धमैसिंह तामाङको सामान्य घरायसी बिषयका क्रममा धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।
घटनापछि फरार रहेका उनी लामो समय वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । स्वदेश फर्किएर हाल आफ्नो बास्तबिक परिचय समेत लुकाएर काठमाडौंको विभिन्न स्थानमा लुकेर बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।