७ बैशाख २०८१, शुक्रबार
Follow Us

इङ्गलिस प्रिमियर लिगमा आर्सनल पराजित

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७६, मंगलवार ०५:५८

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनललाई सेफिल्ड युनाईटेडले १–० ले हराएको छ । प्रिमियर लिगको नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडको मैदानमा गएराती भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन घरेलु टोलीले ३० औ मिनेटमा निर्णायक गोल ग¥यो ।
शेफिल्डका लागि लिस मौसेटले उक्त गोल गरेका हुन् । जितसँगै शेफिल्ड प्रिमियर लिगको अंक तालिकामा शीर्ष १० भित्र अटाउन सफल भएको छ ।
हारसँगै लण्डन क्लब आर्सनलले शीर्ष चारमा उक्लने अवसर गुमाएको छ । आर्सनल १५ अंक सहित पाँचौ स्थानमा छ ।
लिगमा २५ अंकसहित लिभरपूल शीर्ष स्थानमा रहँदा १९ अंकको म्यान्चेस्टर सिटी दोस्रो तथा १७–१७ अंक जोडेको लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।