७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका गायक थापा पक्राउ

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७६, मंगलवार ०८:२१

काठमाडौं । ह्याप्पी तिहार, चिसो बियर गीत गाउँने गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ ।

सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विपरीत भएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ । तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।