७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली प्रचण्ड विच बाहिर आएजस्तो विवाद छैन : पौडेल

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७६, बुधबार ०६:३१

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्ष द्धय केपी ओली र प्रचण्डको विचमा भएको खटपट सामान्य भएको बताएका छन् । आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केहि असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुइ अध्यक्ष विचमा नभएको पौडेलले दावी गरे ।

मंगलवार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डको विचमा अहिले विवाद भयो भने देशकै लागी दुर्भाग्य हुने बताए । कार्यशैली , सोच र स्वभावका कारण केहि विवाद भएको जस्तो देखिएको हो तर उहाँहरुको विचमा कुनै गम्भिर मतभेद छैन पौडलले भने । दुई नेताका विचमा भएको सहमती कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिगो पार्टी रहेकाले केहि असमझदारी भए पनि बार्ता र छलफल बाट नै समाधान गरिनु पर्ने उनले बताए ।

अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले नै नयाँ सभामुख कोहो भनेर चर्चा गर्नु हतारो हुने बताए । तत्कालिन सभामुखले नैतिकताका आधारमा राजिनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिलेनै नयाँ सभामुखको खोजी गर्न नहुने बताए । अब नयाँ सभाम्ुख चयन गर्दा विधि र प्रक्रिया बमोजिम दलिय सहमतिका अधारमा चयन हुने पनि पौडलले बताए ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता मिन विश्वकर्माले सत्तारुढ नेकपाले यय अघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृतीको सशक्त प्रतिवाद गर्ने बताए । संविधान बमोजिम सभामुख उपसभामुख फरक दल र लिं««ङ्गको हुनपर्ने व्यवस्था लाई उलंघन गर्दै यस अघि नेकपाले झेली गरेको भन्दै विश्वकर्माले अब त्यो सम्भव नुहने बताए ।

अन्तसंवादमा बोल्दै विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दा माथि कोहि नभएकाले जुन सुकै ओहदाको भए पनि अपराधीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा काग्रेस प्रतिवद्ध रहेको बताए । काग्रेस सभापती देउवाले त अनुुसन्धानलाइनै प्रभावित हुने गरि आलामाको पक्षमा अभिव्यक्ति दिनु भयो नी भन्ने प्रश्नमा विश्वकर्माले देउवाले बोलेका कुरा र समाचार बनाउँने कुरामा केहि तादम्यता नमिलेर त्यसो हुन गएको हुन सक्ने भन्दै पछि सभापतिलेनै त्यसलाई खण्डन गरेर विज्ञप्ती जारी गरिसकेको स्मरण गराए । उनले कुनै पनि बाहनमा काग्रेसले अपराधीको पक्षपोषण गर्न नसक्ने स्पष्ट पारे ।