१२ बैशाख २०८१, बुधबार
Follow Us

उपनिर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७६, बुधबार ०६:३३

यसअघिको स्थानिय प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा भाग लिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) ले अब हुने उपनिर्वाचन भने बहिस्कार गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव मोहन बैद्य किरणले अब हुने कुनै पनि तहको उपनिर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । ‘अहिलेको सरकार बन्दाम अवस्थामा छ’–उनले भने–‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ जनताको समस्या समाधान गर्ने तर्फ सरकारले कुनै ध्यान नदिएको उनले बताए । आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ ।