१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ऋण नतिरेपछि जनकपुरमा गोली हानी हत्या

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७६, बुधबार ०६:४९

जनकपुर । जनकपुरधाममा आज बिहान गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ । आज बिहान करीब १० बजे तिर जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुर– १ का मनोज साहको मृत्यु भएको हो ।

मनोजसँग पंकजले ऋण लिएकाले त्यही ताकेता गर्न जाँदा गोली हानी हत्या गरेका हुन् । गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ ।

गोली प्रहार गरेका चौधरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् । प्रहरी हिरासतमा रहेका चौधरिको साथ बाट प्रहरीले एक थान अटोमेटिक पिस्तौल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तौल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरिएको छ ।