७ बैशाख २०८१, शुक्रबार
Follow Us

शब जलाउनेहरु काम ठप्प पारेर आन्दोलनमा

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७६, बुधबार ०६:५०

काठमाडौं । पशुपति आर्यघाटमा शव जलाउनेहरुले विभिन्न माग राखेर आफ्नो काम नै रोकेका छन् । आज बिहानदेखि आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । आफ्ना माग पूरा नभएको भन्दै कामदारहरुले बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने काम बन्द गरेका हुन् ।

तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले माग पूरा भएर कर्मचारीहरु काममा फर्किएको दाबी गरे । उनले भने, ‘उहाँहरुको काम सम्बोधन भइसकेको छ । अहिले काममा फर्किने तयारीमा हुनुहुन्छ । त्यो नभए पनि हामीसँग दुईवटा विद्युतीय शव दाहगृह तयारी अवस्थामा छन् ।’ उनले कामदारको माग के के हुन् भन्नेबारे खुलाउन चाहेनन् ।