१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए टोलीद्वारा कांग्रेस सभापति देउवासँग भेट

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७६, बुधबार ०६:५६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित पदाधिकारीले नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवासँग भेट ग¥यो । देउवा निवास बुढानीलकण्ठमा भएको उक्त भेटमा संघका अध्यक्ष कुमार पन्तले भर्खरै सम्पन्न विश्व सम्मेलनमा भएका गतिविधि सभापति देउवालाई अवगत गराएका थिए । एनआरएन विश्व सम्मेलनमा ४६ देशबाट २४ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको जानकारी अध्यक्ष पन्तले सभापति देउवालाई गराएका थिए ।

जानेर वा नजानेर सबै राजनीतिक दलहरु संलग्न भएकाले यसपटकको विश्व सम्मेलन त्यत्ति सन्तोषजनक नभएको बताएका थिए । एनआरएनमा राजनीतिक दलको संलग्नता कम गर्नुप-यो भनेर आउँदो अधिवेशनदेखि बाहिर बसेर पनि मत हाल्न सक्ने अनलाइन प्रविधि अपनाउने तयारी गरेको अध्यक्ष पन्तले सभापति देउवालाई जानकारी गराएका थिए ।

अहिलेको कार्यसमितिले १० अर्बको लगानी भित्र्याउने भनेर सहमति गरिसकेको जानकारी गराउँदै अध्यक्ष पन्तले एनआरएनमा श्रमिक साथीहरुको संख्या संगठनमा ठूलो रहेको बताए । अध्यक्ष पन्तले भने, उनीहरुको राहतका लागि हामीले काम सुरु गरिसकेका छौं । त्यसका लागि राजनीतिक दलबाट पनि पहल होस् भन्ने हामीले चाहेका छौं ।’

राष्ट्र बैंकले १ डलर बराबर ३० पैसा नाफा दिँदो रहेछ । त्यसको थोरै अंश हाम्रो राहत कोषमा पनि पुगोस् भन्ने हाम्रो माग हो । १ पैसा जम्मा गर्दा पनि एक वर्षमा १६ करोड रुपैयाँ हुँदो रहेछ । त्यो रकम राहत कोषमा जम्मा भए राम्रो हुने अध्यक्ष पन्तले सभापति देउवालाई सुझाएका थिए ।

यस विषयमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल र एनआरएन कोषाध्यक्ष महेशकुमार श्रेष्ठले स्पष्ट पार्ने प्रयास गरेका थिए ।
देशको समृद्धिको पक्षमा हामी नेपाली जनता र यहाँ राजनीति दलसँग मिलेर काम गर्न चाहेको अध्यक्ष पन्तले भेटमा बताएका थिए । सभापति देउवा प्रधानमन्त्री भएका बेला यो क्षेत्रको सहयोगका लागि धेरै काम गरेको उल्लेख गर्दै अध्यक्ष पन्तले भने, ‘भविष्यमा पनि त्यो सहयोग निरन्तर रहोस् भन्ने आशा गर्दछौं ।’

सभापति देउवाले पासपोर्ट र नागरिकताका विषयमा एनआरएन प्रतिनिधिलाई स्पष्ट पारेका थिए । राजदूतावासमा पास तुरन्तै नपाइन समस्या तथा नागरिकताको विषय यतिबेला संसदको राज्य व्यवस्था समितिमा छलफल भइरहेकाले केही गर्न नसकिने सभापति देउवाले स्पष्ट पारे । आउँदो अधिवेशनले त्यो विषय टुग्गो लगाएर कानुन बनिसक्ने कांगे्रस केन्द्रीय सदस्य डा. रिजालले स्पष्ट पारे ।

भेटमा उपाध्यक्ष सोनाम शेर्पा, मन केसी, अर्जुनकुमार श्रेष्ठ, डा. बद्री केसी, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, यूरोप उपसंयोजक कृष्ण तिमल्सिनालगायतको टोली सहभागी थियो ।