७ बैशाख २०८१, शुक्रबार
Follow Us

शव जलाउँदा लाग्ने शुल्कमा बृद्धि

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७६, बुधबार ०७:४२

काठमाडौं । पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढेको छ । पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राख्दै घाट सेवा केन्द्रका कामदारहरु आन्द्योलित भएपछि पशुपति क्षेत्रविकास कोषले शुल्क बढाएको हो ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार शवदाह सेवा शुल्क रु १२०० बाट बढाएर १५०० बनाइएको छ । त्यसैगरी, १० वर्षसम्मको बच्चाको शबदाह शुल्क ७०० बाट ९०० पुगेको छ । १० वर्षभन्दा माथिका दशनामी, गिरी, पुरी भारतीको खाडल खनेको १२०० बाट २५ प्रतिशत बढेर १५०० पुगेको छ ।
त्यस्तै, दाउरा परिवहन तथा चिता निर्माण ४०० बाट बढाएर ६०० बनाइएको ढकालले जानकारी दिए । चपरी खनेवापत दिइँदै आएको रकम पनि ३०० बढाएर ४०० पुर्याइएको ढकालले जानकारी दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका ७,८,९ भित्रबाट शब बोकेको शुल्क १५०० तोकिएको छ भने ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेको २००० र शब वाहनमा सहयोग गरेको १५०० निर्धारण गरिएको छ ।

सो शुल्कमा १० प्रतिशत सेवा सुविधा थप गरिने व्यवस्था समेत गएिएको छ ।