४ बैशाख २०८१, मंगलवार
Follow Us

इङल्याण्ड र नेपाल बीच आगामी मे २५ मा खेल हुने


६ कार्तिक २०७६, बुधबार १८:०२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले खेल्ने आगामी अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचको मिति सार्वजनिक गरेको छ ।

आइतबार एन्फाले जनाएअनुसार सन् २०२० को मे २५ तारीखका दिन नेपालले इङल्याण्डको सी टिमसँग खेल्नेछ । साथै सो खेल एल्डरशट टाउन एफसी (इङल्याण्ड) को खेलमैदानमा हुनेछ ।

त्यस्तै नेपालले यहि नोभेम्बर ७ तारीखका दिन म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्ने भएको छ । एन्फाका अनुसार उक्त खेल फिफा विश्वकप दोस्रो चरणको छनौट खेलको तयारीका रुपमा रहेको बताएको छ ।

स्मरण रहोस, नेपालले यहि आउँदो नोभेम्बर १९ तारीखका दिन दशरथ रंगशालामा कुवेतसँग पहिलो होम म्याच खेल्ने तय भईसकेको छ । विश्वकप छनौटतर्फ समूह बी मा रहेको नेपालले बलियो अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ ।