१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचनमा वेलायतलाई महत्वपूर्ण सफलता


६ कार्तिक २०७६, बुधबार २१:५४

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनमा वेलायतले महत्वपूर्ण सफलता हासिल गरेको छ । संघको निर्वाचनमा वेलायतको प्रतिनिधत्व गर्दै अध्यक्ष पदमा कुल आचार्य, महासचिवमा डा. हेम राज शर्मा, महिला संयोजक संगिता मरहट्टा र युरोप उपसंयोजकमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गरे मध्य दुई महत्वपूर्ण पदमा विजयी भएका छन् । संघको महासचिवमा डा. हेम राज शर्मा र युरोप उपसंयोजक कृष्ण तिमल्सेना निर्वाचित भएका छन् । शर्माले ११३९ मत प्राप्त गरे भने तिमल्सेनाले ३५७ मत प्राप्त गरे ।

गैरआवासीय नेपाली संघको अभियानमा विगत १४ वर्षदेखि क्रियाशल शर्मा युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक डा. हुन् । शर्माले आफ्नो ७ निर्देशक सिद्धान्त (मन्त्र) प्रस्तुत गर्दै प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

तिमल्सीना गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार, एनआरएनए युकेको अध्यक्षका प्रत्यासी, गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष, गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य समेत रहेर कार्य गरिसकेका छन् । तिमल्सेना सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।