१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार २०:३८

पूर्वप्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठको आज निधन भएको छ ।
ब्रेन ट्युमरको उपचार गरिरहनुभएका ७७ वर्षीय श्रेष्ठको आज उहाँकै निवास ललितपुरको सुनाकोठीमा निधन भएको हो । ब्रेन ट्युमर भएपछि केही समयअघि उहाँको भारतको मेदान्त अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
न्यायमा पहुँच बढाउन सकियोस्, जनतामा न्याय पारौँ भन्ने भावना राख्ने श्रेष्ठमा एउटा सज्जन व्यक्तिमा हुनुपर्ने सबै गुण भएको व्यक्तिका उहाँले न्याय क्षेत्रमा परिचय बनाउनुभएको थियो । उहाँले विसं २०६०÷६१ मा नौ महिना सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्नु भएको थियो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्न प्रधानन्यायाधीश सुशीला कार्की पशुपति आर्यघाट पुग्नुभएको थियो ।
सर्वाेच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका न्यायाधीश पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । आर्यघाटमा प्रहरीको एक टोलीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।
यसैबीच प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा आकस्मिक रुपमा बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश श्रेष्ठको असामयिक निधनप्रति आइतबार सर्वाेच्च अदालत र मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको प्रवक्ता नहकुल सुवेदीले राससलाई जानकारी दिनुभयो ।