४ बैशाख २०८१, मंगलवार
Follow Us

बलात्कारका अभियुक्त अमेरिकाबाट पक्राउ

sarusaru
७ कार्तिक २०७६, बिहीबार ०५:१९

काठमाडौँ — बलात्कारपछि हत्यासम्बन्धी दुई दशक पुरानो घटनाका फरार अभियुक्त लीलाराज गौतम पक्राउ परेका छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहयोगमा उनलाई अमेरिकाबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।

प्रहरीका अनुसार झापा चन्द्रगढी–३ का गौतम, मनोज खड्का र सीताराम बस्नेतले २०५७ असोज २९ मा स्थानीय सन्ध्या राजवंशीलाई जबर्जस्ती करणी गरेपछि घाँटी थिचेर हत्या गरेका थिए । झापा जिल्ला अदालतले २०५८ कात्तिक २१ मा उनीहरूलाई सफाइ दिए पनि पुनरावेदन हुँदै सर्वोच्च अदालत पुगेर फैसला उल्टिएको थियो ।

सर्वोच्चले २०६६ भदौ २९ मा गौतमसमेतलाई जन्मकैदको फैसला गरेको थियो । फैसलालगत्तै उनी फरार थिए । जिल्ला अदालतको आदेशअघि नै १० महिना हिरासतमा बसेका गौतमले अब १९ वर्ष २ महिना कैद भुक्तान गर्न बाँकी छ ।
कान्तिपुर