११ बैशाख २०८१, मंगलवार
Follow Us

कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्यसहित सगुनको स्मार्ट कोइन्स सार्वजनिक


७ कार्तिक २०७६, बिहीबार १२:१६

काठमाडाैँ – कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुन लाइटले प्रविधिको विकाससँगे यो आधुनिक सयममाआफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड – अ डिजिटल वालेट सार्वजनिक गरेको छ ।

गुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भैरहेका घटनाहरु र राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेषण गर्न पनि सकिने नेपालका लागि सगुन लाइटका संस्थापक गोविन्द गिरीले बताए।

उनका अनुसार स्मार्ट कोइन्स मार्फत सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यसहित सगुनले आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड ‘अ डिजिटल वालेट’ सार्वजनिक गरेको हो।
उनले भने,‘ मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग सामाजिकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं।’

विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण भइरहेको थियो। धेरै प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन्। साथै उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार रहेको समेत विज्ञप्तिमा जनाइएको छ।

नेपालका लागि सगुन लाइटका गिरीका अनुसार Google(https://play.google.com/store/apps/details?id=com.sagoonlite) वा Apple App Store (https://apps.apple.com/us/app/sagoon-lite/id1449566264) बाट सगुन लाइट डाउनलोड गरेर फोनमार्फत साइन अप गर्न सकिन्छ। उनले भने,’आफूलाई मन परेका विषयवस्तुहरु छान्नुहोस् र तपाइँको फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गर्न सकिन्छ।’

उनका अनुसार ड्यासबोर्डमा स्मार्ट कार्ड एक्टिभेट गर्न सकिन्छ भने सिमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ। उनले भने,’आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेर १०१ स्मार्ट क्वाइन कमाउन सकिन्छ र त्यसै गरेर कमेन्ट, लाइक, पोस्ट र स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर अझै क्वाइनहरु कमाउन सकिन्छ।’

उनका अनुसार विगत केही वर्षदेखि हामीले सोसियल स्मार्ट कार्डको हाम्रो अवधारणालाई प्रयोगात्मक रुपमा अनुसन्धान र भिजुअलाइज गर्न धेरै समय र ऊर्जा खर्च गरेका छौं ।

उनले भने,’हामीले ग्राहकको आवश्यकता, सामान खरिद गर्ने आनीबानीको अध्ययन गरिरहेका छौं र कैयौं सम्भावित खुद्रा साझेदारहरुसँग छलफल गरेका छौं । अन्त्यमा, हामीले हाम्रा आन्तरिक सगुनकर्ताहरुसँग परीक्षण गर्न बेटा संस्करण सार्वजनिक गर्यौं । उनीहरुले यसलाई मन पराएको र पहिलो दिनदेखि नै क्वाइनहरु कमाउन सुरु गरेको पाउँदा हामी खुसी छौं । हामीलेअहिले सम्म हाम्रो प्रयोगकर्त्तावाट ८ करोड भन्दा वदि अन्तक्र्रिया पाईसकेका छौ भने करिव ५० लाखको दरले हाम्रो स्टोरी मासिक हेरिदै छ र प्रत्येक दिन २०० प्रतिशतले हामी विस्तारित भइरहेका छौं। हामीले निरन्तर रुपमा अन्य फिचरहरु जस्तैः रिडीमिङ, शपिङ, गिफ्टिङलाई परिचित गराउनेछौं र नेपाल तथा भारतका व्यापारिक साझेदारहरु थप गर्नेछौं ताकि हाम्रा प्रयोगकर्ताहरुले छिटोभन्दा छिटो लाभ लिन सकुन् ।’

उनका अनुसार हाम्रो लक्ष्य मानिसहरुको सामाजिक आबद्धतालाई अर्थपूर्ण र उत्पादनमूलक बनाउन सहयोग गर्ने हो । ‘हामीलाई विश्वास छ सोसियल स्मार्ट कार्डले प्रयोगकर्ताहरुलाई एक अर्कासँगको सम्बन्ध सुधार गर्न अहम भूमिका निर्वाह गर्नेछ ।,’ उनले भने, उनका अनुसार यो सुरुवात मात्र हो । हामीसँगै रहनुस् र हाम्रो सेवा सुधारको लागि हामीलाई आफ्ना अनुभवहरु [email protected] मा पठाउनुहोस्’