१२ बैशाख २०८१, बुधबार
Follow Us

गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघ वीच सहकार्य गर्ने सहमति


७ कार्तिक २०७६, बिहीबार १२:३५

गैरआवासीय नेपाली संघका पदाधिकारी र नेपाल उद्योग परिसंघलका पदाधिकारी विच मिति २०७६ कार्तिक ७ गते बुधबारको दिन नेपाल उद्योग परिसंघको कार्यालयमा सहकार्यको लागि एक बैठक बसेको छ । उक्त वैठकमा संघका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरिएको थियो । वैठकमा आपसी सहयोग र सहकार्य बढाउने वारे व्यापक छलफल भयो । छलफल विशेष नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सिप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीहरुलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित थियो । वैठकमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसंग सहकार्य गर्ने इच्छा प्रकट गरियो ।

वैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको धारणा ब्यक्त गर्नु भयो । वैठककै अवसर पारेर दुई संस्था वीच सहकार्य गर्ने सम्बन्धमा एक सहमति पत्रमा समेत हस्ताक्षर गरियो । उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले हस्ताक्षर गर्नु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट उपाध्यक्ष डा. बद्री के. सी., प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र नेपाल उद्योग परिसंघको तर्फबाट नि. वर्तमान अध्यक्ष, उपध्यक्षहरु, कार्य समिति सदस्यहरु, महानिर्देशक र निर्देशक समेतको सहभागिता थियो ।