८ बैशाख २०८१, शनिबार
Follow Us

टि-१० क्रिकेटमा पारस अनुबन्धित, पारिश्रमिक १० हजार युएस डलर

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७६, शुक्रबार ०३:२६

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का युएइमा हुने टि-१० क्रिकेटमा अनुबन्धित भएका छन् । पारसले टिम अबुधबीबाट टि-१० खेल्नेछन् । उनले हिजो मात्र ट्वीटरमार्फत टि-१० खेल्ने सार्वजनिक गरेका हुन् ।

उनी १० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । पारसको टिममा मोएन अली, मोहम्मद आमिर, कोरे एन्डर्सन, रोहण मुस्ताफा, लुक राइट जस्ता खेलाडी रहेका छन् । पारससँगै नेपाली अर्का खेलाडी सन्दीप लामिछाने भने कर्नाटक टस्कर्सबाट टि-१० का लागि अनुबन्धित भैसकेका छन । टि-१० नोभेम्बर १५ देखि २४ सम्म हुनेछ ।