२६ बैशाख २०८१, बुधबार
Follow Us

वर्ल्ड नेवा:अर्गनाईजेशन जापान सम्मेलन सम्पन्न

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार ०४:२३

टोकियो । वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको पहिलो जापान सम्मेलन एक लाख रुपियाँको “मचा सिरपा घोषणा “(बाल पुरस्कार ) गर्दै सम्पन्न भएको छ । नेपाल संवत ११३७ न्हुँ दँ को उपलक्षमा नागानोकेनको तातेसिना रिजोर्ट होटेलमा दुई दिन सम्म चलेको बिभिन्न कार्यक्रमहरु मध्य दोस्रो दिन नोवेम्वर
६ तारेखका दिन भएको जापान सम्मेलनले सात बुँदे घोषणा पत्र जारी गरेको छ ।

हाम्रो भाषा संस्कृति भनेको नै नेपालको गर गहना भएको हुनाले त्यसलाई उत्थान र प्रबर्द्वन गर्नु सबै नेपालीहरुको दायित्व भएको कुरामा जोड दिंदै उक्त सम्मेलनको समापन गरिएको थियो l
उक्त सम्मेलनमा एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग ,सिटी एक्सप्रेस एण्ड ट्राभलका प्रबन्धक महेश श्रेष्ठ ,नेपाल भाषा प्रस्ट बोल्ने जापानिज ब्यांचा दाई ,रामेछाप जापान समाजका प्रमुख सल्लाहकार तोचिगी केन बाट सुरेन्द्र लाल श्रेष्ठ,ओकिनावा प्रतिनिधि नारायण जोशीले आ-आफ्ना धारणाहरु राखेका थिए l

त्यस्तै कास्की पोखरा समाजका वरिष्ठ सल्लाहकार प्रकाश लाल श्रेष्ठ ,रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ ,पर्वत समाज जापानका अध्यक्ष ईस्वर जोशी ,नेवा:जागरण जापानका अध्यक्ष जनक राज शाक्य ,नेवा:गुठी जापानका संस्थापक अध्यक्ष सकुल प्रजापति ,वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सल्लाहकार अनिल कुमार शाक्य ,,संस्थाकी सह संयोजक इन्दिरा सुजुकी राजभण्डारी ,एन आर एन जापानकी सदस्य सबिता श्रेष्ठज्युले नेपाल सम्बत ११३७ को उपलक्षमा सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको भिन्तुना तथा शुभकामना दिनु भएको थियो l

उक्त सम्मेलनमा कानाज़वाबाट रोहित सिल्पाकार र समृति बज्राचार्य ,फुकुशिमाबाट सरस्वति मानन्धर र मिनोरु ताकागी ,तोचिगी बाट सुरेन्द्र लाल श्रेष्ठ ,ओकिनावाबाट नारायण जोशी र उहाँको परिवार ,नागानो केन बाट सुमेश शाक्य र अरु साथीहरु टोक्योको बिभिन्न ठाउँहरुबाट सहभागि भएका थिए l

बच्चाहरुलाई मातृभाषामा पढाउनु पर्छ भन्ने उद्देश्यका साथ विगत आठ बर्षदेखि ‘नेवाः बस्ती नेवाः स्कूल अभियान’को अवधारणालाई समर्थन र सहयोग गर्ने उद्देश्यले सुनिल कुमार शाक्यको संयोजकत्वमा मचा सिरपा पुरस्कार घोषणा गरिएको हो ।
नेपाल भाषा पढ्ने बालबालिकाहरुको लागि विभिन्न विधामा दिइने यस पुरस्कारमा जम्माजम्मी एक लाख रुपैया बराबरको रकम प्रत्येक वर्ष प्रदान गरिनेछ ।
‘नेवाः बस्ती नेवाः स्कूल’ अभियानका संयोजक दिपक तुलाधरले नेपाल भाषामा बयस्कको लागि थुप्रै पुरस्कारहरु भएको बताए । तर बच्चाहरुको लागि खासै पुरस्कार नभएकाले बच्चाहरुलाई आफ्नो मातृभाषा र संस्कृतिप्रति आकर्षित गर्नको लागि यस्तो पुरस्कारको आवस्यकता भएको जानकारी दिए ।
डब्लु.एन.ओ. जापानका सुनिल कुमार शाक्यले आर्थिक संयोजन गर्ने यस ‘.मचा सिरपा’ को ब्यबस्थापन ‘नेवाः बस्ती नेवाः स्कूल अभियान’ अन्तर्गतको समितिले गर्ने बताए ।
उक्त मचा सिरपाका लागि आर्थिक सहयोग प्रतिबद्वता जनाउनु हुनेमा नेपालबाट भूतपूर्व वातावरण मन्त्री डा.केशवमान शाक्यले १० हजार, पुस्कर माथेमाले १० हजार र भैरव ज्वेलरी न्यूरोड (प्रदिप मान ताम्राकार)ले १० हजार रुपैया सहयोग गर्ने प्रतिबद्वता गरेका छन् ।
त्यसै गरी अमेरिकाबाट दया रत्न शाक्यले १० हजार, सिजन श्रेष्ठले १० हजार, सुभाष प्रजापतिले १० हजार, रत्नकाजी शाक्यले १० हजार र १० हजार रुपैया सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।
त्यस्तै नेदरल्याण्डबाट बाल गोपाल श्रेष्ठले १० हजार, बंगलादेशबाट कृष्ण चखुं १० हजार, पोर्चुगलबाट स्वयम्भूधर तुलाधर १० हजार र ज्योति तुलाधरले १० हजार रुपैया सहयोग गर्ने जनाएका छन् ।
सहयोगकै लागि जापानबाट प्रा.डा.केशब महर्जनले १० हजार, सुनिल कुमार शाक्यले १० हजार, जनकराज शाक्यले १० हजार, रामभक्त जोशीले १० हजार र इन्दिरा सुजुकी राजभण्डारीले १० हजार रुपैयाका लागि प्रतिबद्वता जनाएका छन् ।