१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. गोविन्द केसीको अनसन कार्तिक १८ बाट

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७६, शुक्रबार ०७:५६

काठमाडौं । डाक्टर गोविन्द केसीले मेडिकल शिक्षाको सुधारको माग राख्दै अनशन बस्ने घोषणा गरेका छन् । केसीले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै आगामी कात्तिक १८ गतेबाट अनशन शुरु गर्ने घोषणा गरेका हुन् ।

डा केसीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता माग्ने विद्यार्थीमाथि बिहीबार भएको कुटपिटको विरोध गरेका छन् । बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्न पनि उनले माग गरेका छन् ।

सरकारले दिएको अल्टिमेटममा विद्यार्थीलाई अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्नुपर्ने उनको माग छ ।

उनले सरकारले नै मेडिकल कलेजसँग मिलेमतो र साँठगाँठ गरेको आरोप समेत लगाएका छन । यसअघि केसीले छ बुँदे माग अघि सार्दै सरकारले २०७५ साउन १० मा गरेको सम्झौताअनुसार ऐन संसोधन नभएको भन्दै अनसन बस्ने चेतावनी दिएका थिए ।

डा केसीले मेडिकल कलेजको शुल्क र सिट बढाउने निर्णय खारेज गर्नपनि केसीले माग गर्दै आएका छन । यसअघि उनी चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक अनशन बसेका थिए ।