१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आलामलाई अझै ८ दिन थुनामै राखेर अनुसन्धान गर्नु : अदालत

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७६, शुक्रबार ०७:५७

रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलम सँग अनुसन्धान गर्नका लागी प्रहरीले थप समय माँग गरेपछि जिल्ला अदालत रौतहटले ८ दिनको म्याद थप गरेको छ ।

जिल्ला न्यायधिश उमानाथ गौतमको इजलाशले आलमलाई आज तेश्रो पटक ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । जिल्ला अदालत रौतहटबाट म्याद थप भए पछि संचारकर्मीहरु सँग कुरा गर्दै आलमले आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन ।

जिल्ला अदालतले यस अघि उनलाई पहिलो पटक ७ र दोश्रो पटक ५ दिनको म्याद थप गरेको थियो । असोज २६ मा इद्रिस गेट नजिकै बाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोपमा पक्राउ गरेको हो ।

म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्‍याइएको छ । आलम पक्राउ परेको विरोधमा नेपाली कांग्रेस रौतहटले आज मुखमा कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्दैछ ।