६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अभियानलाई राष्ट्र बैंकको साथ

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७६, शुक्रबार १४:३४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालनमा ल्याएको श्रमिक कल्याणकारी कोषलाई राष्ट्र बैंकले साथ दिने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको नेतृत्वमा नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर शिवराज श्रेष्ठसँग छलफल भएपछि राष्ट्र बैंक एनआरएनको अभियानलाई साथ दिन सहमत भएको हो ।

अध्यक्ष पन्तका अनुसार विदेशबाट पठाइएको विप्रेषणवापत सम्बन्धित बैंकले प्रति १ डलर बराबर ३० पैसा शुल्क नेपाल राष्ट्र बैंकले पाउँछ । त्यो ३० पैसामध्ये ३ पैसा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा हुनेछ ।

एनआरएनएले गरेको आग्रहप्रति केन्द्रीय बैंक सकारात्मक देखिएको अध्यक्ष पन्तले बताए । यसले मूर्तरुप पाएमा एकै वर्षमा २४ करोड रुपैयाँ कोषमा जम्मा हुनेछ । यसले वैदेशिक रोजगारीका सिलसिलामा अप्ठ्रोमा पर्ने नेपाली दिदीबहिनी दाजुभाइको उद्धार र राहत व्यवस्थापन सहज हुने अध्यक्ष पन्तको भनाइ छ ।

यस विषयमा एनआरएनएले विभिन्न राजनीतिक दलका नेतासँग लविङ गरेको थियो । सबैले यो सकरात्मक भनेपछि एनआरएनले राष्ट्र बैंकसँग छलफल चलाएको थियो ।