१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङमा जीप दुर्घटना, चालकसहित २ को मृत्यु

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७६, शनिबार ०३:३९

बागलुङ । बागलुङ तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । तमानबाट बोङगादोभान बजारतर्फ जाँदै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्रिलाङमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामे रहेका छन् । जीप सडकबाट करिब एक हजार मिटर तल खसेको बताइएको छ ।