१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा ३९ जनाको हत्या आरोपमा लरी चालकमाथि हत्याको मुद्दा

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७६, आईतवार ०५:१४

लन्डन । बेलायतमा लरी कन्टेनरमा ३९ जना मृत भेटिएको घटनामा पक्राउ परेका चालकमाथि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ । लरी चालक उत्तरी आयरल्याण्डका २५ वर्षीय मोरिस रोबिन्सनलाई प्रहरीले हत्या अभियोगमा मुद्दा दर्ता गरेको हो ।

चालकमाथि हत्यासँगै ट्राफिकका लागि षडयन्त्र, गैरकानूनी आप्रवासनमा सहयोग गरेको आरोप पनि लगाईएको छ । उनलाई प्रहरीले सोमबार अदालतमा पेश गर्ने तयारी गरेको छ ।

चालक रोबिन्सनलाई लरीमा शव भेटिएको केही घन्टामै बुधबार नै प्रहरीले पक्राउ गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा अरु तीनजना पनि पक्राउ परेका छन् । मृत्यु हुने अधिकांश चिनियाँ मुलका नागरिक छन् । ति मध्ये केही भियतनामका नागरिक समेत रहेका छन् । मृत्यु हुनेमा ३१ पुरुष र ८ महिला छन् ।