४ बैशाख २०८१, मंगलवार
Follow Us

तीन करोड नगदसहित २५ जुवाडे पक्राउ

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७६, आईतवार ०५:२८

काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट पौने तीन करोड नगदसहित जुवाको खालबाट २५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जको पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर प्रहरीले जुवा खेलिरहेका मानिसहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लामो समयदेखि जुवा खेलाउने कार्यमा सग्लन काभ्रेका बलराम सापकोटा र उनका सहयोगी सोभित सिलवाल सहित नाम चलेका ब्यापारी र ठेकेदारहरु रहेका छन् ।

उनीहरुको साथवाट प्रहरीले दुई करोड ७२ लाख नगद, तीन लाखको चेक प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । पक्राउ परेका ब्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।