६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रिमण्डल हेरफेर हुने सम्भावना छैनः मन्त्री महासेठ

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७६, आईतवार ०५:२९

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
उनले भने,‘त्यो त्रास अहिले देखिएको छ । मन्त्रिमण्डल परिवर्तन हुने भनेर कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३÷१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन । हुन त यो अधिकार प्रधानमन्त्रस्को अधिकारक्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखेको छैन ।’
उनले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरे ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गर्नुभएको हो । नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् नि । उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन । आजको भोलि नै मन्त्रिमण्डल परिवर्तन हुने सम्भावना मैले चाहीँ देखेको छैन ।’
मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने समेत दाबी गरेका छन् । त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखले भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे ।