११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रोफेसर डा. सुवेदीद्धारा नवनिर्वाचित एनआरएनए पदाधिकारीलाई बधाई तथा शुभकामना

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७६, आईतवार १९:२८

लण्डन । गैरआवासीय नेपाली संघको महासचिवमा डा. हेम राज शर्मा निर्वाचित भए पछि प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरु उत्साहित भएका छन् ।

लिभरपुर युर्निभरसिटीका सहप्राध्यापक डा. शर्मा संघको पहिलो प्राज्ञिक व्यक्तित्वको रुपमा महासचिवमा निर्वाचित भए पछि बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले खुशि व्यक्त गरेका छन् ।

डा. सुवेदीले आइतवार एक पत्र मार्फत डा. शर्माको कार्यकालको सफलताको लागि बधाई तथा शुभकामना दिएका छन् ।

गैरआवासीय नेपाली संघको अवधारण समेत तयार गर्दै संघको पहिलो विद्यान मस्यौदा तयार पारेका डा. सुवेदीको गैरआवासीय नेपाली संघको अभियानमा महत्वपूर्ण योगदान रहेको छ ।