१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार ०५:२१

पोखरा । हिजोदेखि सुरु भएको तरुण दलको महाधिवेशन आजबाट बन्दसत्र सुरु हुने भएको छ । प्रतिनिधि विवाद सामन्य भइनसकेकाले बन्दसत्र ढिलो सुरु हुने बताइएको छ । प्रतिनिधि विवाद नमिले पनि सहमतिमै नेतृत्व चयन गर्ने बताइएको छ ।
नेविसंघ र महिला संघमा पराजय व्यहोरेका पौडेल पक्षले पनि तरुण दलको अधिवेशनमा सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको छ । मोटामोटी भएको सहमतिअनुसार अध्यक्ष संस्थापन पक्षले लिएपछि उपसभापति, महासचिव र कोषाध्यक्षमा पौडेल र सिटौलालाई दिने भएको छ ।
सहमतिमै नेतृत्व छनोट भए संस्थापनले जीतजंग बस्नेतलाई अघि सार्ने भएको छ । त्यसैगरी पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई महासचिव अथवा उपाध्यक्ष बनाउने तयार गरेको छ भने सिटौला पक्षको भागमा परेको कोषाध्यक्ष पदमा लक्ष्मी खतिवडालाई अघि सार्ने बुझिएको छ ।
त्यसो त अध्यक्षका उम्मेदवार झन्डै दर्जन जति अघि सरेका छन् । सहमति भए पनि नेतृत्व लिन तयार भएर बसेका जीतजंग बस्नेतबाहेक कर्ण मल्ल, टेकराज पौडेल, जन्मजय तिमल्सिना, मेदनीप्रसाद सिटौला, दामोदर कोइराला, नागेश्वर यादव, लक्ष्मी खतिवडा, पदम पालुङगा, सिद्धार्थ कोइरालाले पनि अध्यक्षमा दाबी गरिरहेका छन् ।