१३ बैशाख २०८१, बिहीबार
Follow Us

आईएस प्रमुख बग्दादी मारिएकै हुन ?

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७६, सोमबार ०४:३६

न्यूयोर्क । राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट समूह (आईएस ) का नेता अबु बकर अल बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले उनको मृत्युको पुष्टि गरेका हुन् ।

सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादीलाई अमेरिकी सेनाले मारेको हो । भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले पत्ता लगाएको बताइएको छ ।

इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए । इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।

साे जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो।विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको छ ।

सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु ठूलो जित मानिएको छ । अमेरिकाले अल-बग्दादी पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।