१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतको पिथौराजढमा ३ नेपालीको हत्या, सबैको लिंग छेदन

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७६, सोमबार ०४:४५

महेन्द्रनगर । भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतिसहित गएका बैतडीका तीन जना नेपालीको लिंग काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिंग काटिएको अवस्थामा भेटिएको हो ।

श्रीमति सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी नगरपालिका- ५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी- ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताइएको छ ।

हत्या गरिएका हरिश बोहराकी श्रीमति किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आइरहेका थिए । घटनापछि हरिश बोहराकी श्रीमति किरी बोहरा फरार रहेको बताइएको छ ।

भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटना स्थलबाट हात र पञ्जाको नमुना संकलन गरेको छ । नेपाली मजदुरको दुई दिन अघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजनिक भएको हो ।