१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुवेतमा कार्यस्थलमै एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७६, सोमबार ०५:२३

कुवेत। काम गरिरहेकै अवस्थामा कुवेतमा एक नेपालीको ज्यान गएको छ । भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर गत बुधवार दिउँसो आफू कार्यरत कम्पनीको कार्यस्थलमा मृत अवस्थामा भेटिएका हुन्।

रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत आएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए।

बुधवार दिउँसोको डिउटीमा रहेका मगर काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए।

उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको छ।

घटनाबारे जानकरी पाए लगत्ते कुवेतमा रहेको नेपाली दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।