१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन महासचिव डा. शर्मा सम्मानित

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७६, सोमबार २१:१०

लिभरपुल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा सम्मानित भएका छन् । शर्मालाई लिभरपुल नर्थवेस्ट नेपाली समाजले आइतवार एक कार्यक्रमको आयोजना गर्दै अभिनन्दन गरेका हो ।

लिभरपुल निवासी शर्मालाई समाजले गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनबाट अन्तराष्ट्रीय समन्वय परिषदका लागि महासचिव जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सम्मान गरेको हो । शर्मा लिभरपुलवासीहरु बीच भद्र, कुशल र सक्षम अभियन्ताका रुपमा परिचित छन् ।

डा. शर्मालाई समाजका अध्यक्ष देउमान इजम र सल्लाहकार डा. शम्भू आचार्यले प्रसंशापत्र र खादाले सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले आफुलाई गैरआवासीय नेपाली संघको महासचिवको रुपमा नलिएर समाजको एक सामान्य सदस्यको रुपमा लिन आग्रह गरे । सोही अवसर पारेर समाजले दीपावली तथा तिहारको उपलक्ष्यमा देउसी भैलो खेलेको थियो ।

समाजले हरेक जसो चाडपर्व तथा तिथीहरुमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गर्दै आएको छ ।