१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ह्वाइट हाउसमा ट्रम्पले दियो बालेर मनाए तिहार

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७६, सोमबार २१:४८

लण्डन । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबै नेपालीले धुमधामका साथ मनाइरहेका छन्। तिहारको दोस्रो दिन आइतबार लक्ष्मीपूजा पनि गरे। दिपावली तिहार नेपालमा मात्र नभएर विश्वभरमा मनाइदै छ।

सोही क्रममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा तिहार मनाएका छन्।समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो जानकारी दिए। ट्रम्पले पत्नी मेलानियासँग ह्वाइट हाउसमा दियो बालेर सबैलाई शुभकामना दिइएका हुन्।

उनले भने,‘दीप प्रज्वलित गरेर आप्नो सम्बन्ध र संस्कृतिलाई झनै बलियो हुने कामना गर्दछु। यो दिपावलीले सबैको लागि खुशीयाली लिइएर आएको छ र म सबैलाई दिपावलीको शुभकामना दिन्छु।’ त्यस्तै उनले गत वर्ष पनि दिपावली मनाएका थिए।