११ बैशाख २०८१, मंगलवार
Follow Us

जुवा खेल्दै गरेको अवस्थामा २५ जुवाडे समातिए

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७६, मंगलवार १०:४३

लमजुङ–बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए ।
पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।