७ बैशाख २०८१, शुक्रबार
Follow Us

रोल्पास्थित आफ्नै घरमा उपराष्ट्रपतिद्वारा टीका ग्रहण

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७६, मंगलवार १०:५६

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् ।

टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए ।