१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गगन थापा पढ्नका लागि विदेश गए

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७६, मंगलवार १५:०६

काठमाडौँ–नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् ।
सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए ।
वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरेका थिए ।