१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेवारी समुदायको किजा पूजा आज

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७६, बुधबार ०३:०३

काठमाडौं । देशभरका नेवार समुदायले आज किजा पूजा गर्दैछन् । तिथि विवादका कारण यो पटक एक दिन ढिलो गरि किजा पूजा हुन लागेको हो । म्ह: पूजा गरेको भोलिपल्ट किजा पूजा गर्ने प्रचलन छ ।

यसपटक तिथि विवादका कारण भक्तपुर र ललितपुरका अधिकांश स्थानमा सोमबार नै म्ह:पूजा गरिएको थियो। उनीहरूले हिजो नै किजा पूजा गरेका छन् । काठमाडौंको धेरैजसो क्षेत्रमा भने मंगलवार मात्रै म्ह:पूजा गरिएको हो । मंगलबार म्ह:पूजा गरेकाहरुले आज किजापूजा गर्दै छन् ।

नेपाल सरकारले किजापूजाको अवसरमा बुधवार पनि सार्वजनिक विदा दिएको छ। काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका तिथि अनुसार कात्तिक १३ गते पर्ने भएकाले विदा माग गर्दै प्रधानमन्त्री केपी ओलीसमक्ष ज्ञापनपत्र दिएका थिए ।