१५ चैत्र २०८०, बिहीबार
Follow Us

रौतहटमा गोली चल्यो, भारतीय नागरिकको पेटमा गोली लाग्यो

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७६, बुधबार १४:२९

काठमाडौँ । रौतहटमा बुधबार साँझ गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक छन् ।
गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिले प्रहार गर्दा भारतीय नागरिक विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ ।
उनको पेटमा गोली लागेको र उपचारका लागि जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिप्रका रौतहटले जनाएको छ।