१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओलीको नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७६, बिहीबार ०१:४५

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार राजधानीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसपश्चात पहिलो पटक डायलासिस गरिएको हो ।
नियमिति परीक्षणका लागि भन्दै बुधबार बिहानै अस्पताल गएका ओलीको रगतमा क्रियाटिनिन र पिसावमा प्रोटिनको मात्रा बढेको देखिएपछि डायलासिस गरिएको थियो ।
मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।
मिर्गौला डायलासिस प्रक्रिया थालिएपछि नियमित रुपमा सातामा तीनपटक डायलासिस गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञ बताउँछन् ।