११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेसबाट धरानको मेयरमा तिलक राईको उम्मेद्वारी

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७६, बिहीबार ०६:२३

धरान । नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो ।

‘मैले मेयरमा उठ्नका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामासमेत दिइसकेको थिएँ,’ कांग्रेस सुनसरीका कोषाध्यक्षसमेत रहेका तामाङले भने, ‘तर, सर्वसम्मत होस् भनेर मैले तिलक राईजीलाई समर्थन गरें, अब उहाँका लागि चुनावी प्रचार–प्रसार र घरदैलो सुरु भइसकेको छ ।’

सुनसरी जिल्ला कमिटीका तर्फबाट तिलक राईलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट यसले औपचारिकता पाइसकेको छैन । उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । यसका लागि आजै काठमाडौंमा केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाइएको छ ।